सोमवार, माघ ७, २०८१

कांग्रेस निकट रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त


कान्तिपथ


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

यसअघि बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।

समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो। धनगढी स्थायी घर भएका हमाल कांग्रेस निकटका व्यक्ति हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत