सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ। शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो।
हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी छ। अब एआईजीको दरबन्दी ८ पुग्ने भएको छ। दरबन्दी स्वीृकत भएसँगै अब एआईजी बढुवाको प्रक्रिया अघि बढ्नेछ। एआईजी बढुवाका लागि १० डीआईजी प्रतिस्पर्धामा छन्।
उक्त सूची अनुसार पहिलो नम्बरमा घनश्याम अर्याल, दोस्रोमा प्रकाशजंग कार्की, तेस्रोमा वसन्त पन्त, चौथोमा ईश्वरबाबु कार्की, पाँचौंमा सहकुल थापा, छैठौंमा धिरज प्रताप सिंह, सातौंमा वसन्त लामा, आठौंमा रवीन्द्र धानुक, नवौंमा उत्तमराज सुवेदी र दसौं नम्बरमा अरुण बिसी बढुवा भएका थिए।
उनीहरुमध्ये पाँचौं नम्बरका थापा एआईजीमा बढुवा भइसकेका छन्। बाँकी रहेकामध्येबाट एआईजी बढुवा हुनेछ। सिंह, लामा, धानुक, सुवेदी र बिसी बाहेक अन्यको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण आगामी वैशाख १८ मा सकिँदैछ। उनीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ