आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • पुर्वकप्तान नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर: ५ हजार जरिवाना लिएर उन्मुक्ति !

पुर्वकप्तान नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर: ५ हजार जरिवाना लिएर उन्मुक्ति !


कान्तिपथ


विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ हजार जरिवाना हुने फैसला सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दामा खड्कालाई दोषी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशहरु अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। अख्तियारले पूर्वकप्तान खड्काविरुद्ध माघ १२ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतमा पूर्पक्षका लागि उपस्थित भएका खड्काको मुद्दा पहिलो सुनुवाइमै फैसला गर्दै विशेषले दोषी ठहर गरेको हो।

खड्काले बयानमा आफूले नक्कली प्रमाणपत्र पेस गरेको स्वीकार गरेपछि थप प्रमाण बुझ्न आवश्यक नभएको भन्दै उनलाई पहिलो सुनुवाइमै दोषी ठहर गरेको विशेष अदालतले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत