बिहिबार, माघ ३, २०८१

सत्ता गठबन्धनको बैठक बस्दै: ओलीसँगको भेटबारे ब्रिफिङ्ग हुने


कान्तिपथ


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

गठबन्धनमा सहमति भएपछि आजै बस्न कार्यव्यवस्था परामर्श समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै पनि हालतमा पास गर्ने पक्षमा उभिएको छ भने प्रमुख साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल गर्न समेत मानिरहेका छैनन् ।

बिहीबारको गठबन्धनमा बैठकमा उनीहरुले एमसीसीबारे आ आफ्नो अडानमा उभिएपछि सहमति हुन सकेन । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत