बिहिबार, माघ ३, २०८१

बालुवाटार बैठक अघि खुमलटार वार्ता


कान्तिपथ


सत्तारूढ गठबन्धनको बैठक अघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छलफल गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता जनार्दन शर्मा पनि उपस्थित थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउन दबाब दिएपछि समान धारणा बनाउन दुई दलबीच छलफल भएको हो।

यसअघि बिहिबार साँझ बसेको बैठक टुंगोमा पुग्न नसकेपछि आज १० बजे पुनः सत्तारूढ दलको बैठक बस्दैछ। बालुवाटारमा हुने बैठकले आज बस्ने संसद बैठकमा एमसिसी के गर्ने भन्ने विषयमा टुंगो लगाउने छ।

एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत