बुधबार, माघ २, २०८१

गठबन्धनको बैठक बालुवाटारमा: कांग्रेस इतरको साझा धारणा आउने


कान्तिपथ


सत्ता गठबन्धनको बैठक बस्नुअघि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूले खुमलटारमा छलफल गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुको बैठक बसेको हो।

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहित झलनाथ खनाल, अशोक राई लगायतका नेताहरुको बैठक बसेको हो।

उनका अनुसार यथास्थितिमा नै एमसीसी अनुमोदन गर्न नसकिने तीन दलको निष्कर्ष रहेको छ। सरकारको तर्फबाट प्रधानमन्त्रीले जबरजस्ती टेबल गर्न खोजे आफूहरु पनि त्यसै अनुसार प्रस्तुत हुने मोटामोटी सहमति भएको उनले जानकारी दिए।

खुमलटारमा छलफल सकेर अहिले नेताहरु बालुवाटार पुगेका छन्। अब केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने छ। यसअघि बिहीबार साँझ पनि बैठक बसेको थियो। तर, कुनै निष्कर्ष निस्कन सकेको थिएन। आजै दिउँसो प्रतिनिधिसभाको बैठक पनि बस्ने भएकाले अहिले बिहान बस्ने गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत