मङ्लबार, माघ १, २०८१

विभिन्न आरोप लाएर युवा परिषद्का कार्यकारी उपाध्यक्ष पदमुक्त


कान्तिपथ


बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरीएको छ । बागमती प्रदेश सरकारले बिहिबार उपाध्यक्ष चौलागाईंलाई पदमुक्त गरेको हो । बिहिबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई २०७८ जेठ २७ गते प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष नियुक्त गरेको थियो ।

चौलागाईंले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै पदमुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत