शुक्रबार, मंसिर १६, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • कीर्तिपुरमा रक्सी खाएर बुवाको हत्या गरेको आरोपमा दुइभाई छोरा पक्राउ

कीर्तिपुरमा रक्सी खाएर बुवाको हत्या गरेको आरोपमा दुइभाई छोरा पक्राउ


कान्तिपथ


काठमाडौं- बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ। बिहीबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ।

दुई छोराहरूले प्रेशर कुकर र लोहोरोले हिर्काएर बुवाको हत्या गरेका थिए। पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जन छन्।

कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराति वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर छोराहरूले बुवालाई मरणासन्न हुनेगरी कुटेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत