एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । गठबन्धनको अर्को बैठक २०७८ फागुन ८ गते विहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि आजको बैठक सकिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।
हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।