शनिबार, माघ ५, २०८१

सुनको मूल्य प्रतितोला रु ४००ले वृद्धि


कान्तिपथ



सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९५ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले वृद्धि भएर रु एक हजार ३०५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९१ डलर आसपास कारोबार भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत