आइतवार, माघ ६, २०८१

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो


कान्तिपथ



आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।

ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६÷ १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत