बिहिबार, फाल्गुन १, २०८१

नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग साझेदारी : अर्थमन्त्री


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृङ्खलामा पुर्‍याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ।’

उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको बताए। शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भर्चुअल माध्यमबाट भएको छलफलमा उनले उक्त धारणा राखेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत