धनुषाको बटेश्वर गाउँपालिकाका लेखा अधिकृत सुमन पुरी र वडा नम्बर ५ शान्तिपुरमा डिहबार मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अरविन्द साहको घुस बार्गेनिङ्गको अडियो कल रेकर्ड बाहिरिएको छ ।
स्रोत मार्फत प्राप्त उक्त फोन संवाद ३ मिनेट ३८ सेकेन्डको छ। गत आर्थिक वर्षको बजेट अन्तर्गत ३ लाख रुपैयाँको लागतमा अरविन्द साह अध्यक्ष रहेको उपभोक्ता समितिले डिहबार मन्दिरको पर्खाल बनाएको थियो।
त्यो भुक्तानीका लागि लेखा अधिकृत पुरीले १० प्रतिशत कमिसन ३० हजार रुपैयाँ लिएको कुरा उपभोक्ता समितिका अध्यक्ष साहले खुलासा गरेका हुन्। ३० हजार कमिसन लिए पनि ७ महिनासम्म सो योजनाको भुक्तानी नगरेपछि साहले कल रेकर्ड सार्वजनिक गरेका हुन्।
सुन्नुहोस् अडियो: