बिहिबार, माघ ३, २०८१

तनहुँमा एक सय छत्तीस मतदानस्थल


कान्तिपथ


आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका दश पालिकामा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दशवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइनेछ ।”

निर्वाचन कार्यालयले माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष गरी कूल दुई लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो । फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिनेछ ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ । उहाँले भन्नुभयो, “मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत