शुक्रबार, अशोज १२, २०८०
  • गृहपृष्‍ठ
  • खेलकुद
  • पारसलाई उछिन्दै कुशल बने ५ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

पारसलाई उछिन्दै कुशल बने ५ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी


कान्तिपथ


टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालबाट ५ अर्धशतक प्रहार गर्ने कुशल मल्ल पहिलो खेलाडी बनेका छन्। फिलिपिन्सविरुद्धको जारी टी-२० विश्वकप छनोटमा अर्धशतक पूरा गर्दै कुशलले नेपालबाट पाँच अर्धशतक प्रहार गरेका हुन्।

नवौं ओभरको छैटौं बलमा चार रन प्रहार गर्दै उनले अर्धशतक प्रहार गरेका हुन्। यसअघि टी-२० अन्तर्राष्ट्रियमा उनी र पूर्वकप्तान पारस खड्काको नाममा ४-४ अर्धशतक थिए।

कुशलले गत अप्रिलमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाका पाँच खेलमा ४ अर्धशतक प्रहार गरेका थिए। पारसले ३३ खेलको ३२ इनिङ्समा ४ अर्धशतक प्रहार गरेका थिए। कुशलले ८ खेलको ८ इनिङ्समा ५ अर्धशतक हिर्काएका हुन्।

उनीहरुबाहेक दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको नाममा २-२ अर्धशतक छन्। त्यसबाहेक ज्ञानेन्द्र मल्ल, आसिफ सेख,​ कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक प्रहार गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत