मङ्लबार, माघ १, २०८१

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य


कान्तिपथ


ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो।

नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन बनाए। यसअघि आसिफ शेस शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। लोकेश बम ६ रनमा नटआउट रहे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत