रेस्लर तथा चर्चित गायिका/मोडल अस्मिता जुरेलीको स्वर रहेको ‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई छ ।
भिडियोमा अस्मिता स्वयंमले अभिनय गरेकी छन् । कोय दिलिपको शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ