फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।
दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो । दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ