शुक्रबार, चैत्र ३०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • समाजवादीले एमसीसी टेबल गर्न दिने: यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने !

समाजवादीले एमसीसी टेबल गर्न दिने: यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने !


कान्तिपथ


सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्‌मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यहीबीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत