शुक्रबार, फाल्गुन २, २०८१

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक


कान्तिपथ



दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिनुभयो । “हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन ग¥यौंँ, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हे¥यौँ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो”, उहाँले भन्नुभयो ।

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण भइसकेको र कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिनुभयो ।

अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभई आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत