शुक्रबार, चैत्र ३०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसीमा सहमति जुटाउन गठबन्धन निर्णायक बैठकमा: कोटेश्वरमा छुट्टै भेला

एमसीसीमा सहमति जुटाउन गठबन्धन निर्णायक बैठकमा: कोटेश्वरमा छुट्टै भेला


कान्तिपथ


अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल गर्ने विषयमा निर्णय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

गठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा रहेका तीन दलले छुट्टै छलफल गरेका थिए। नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा तीन दलको बैठक बसेको हो। नेपाल निवासमा नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेका छन्। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष अशोक राई तथा एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल माधव नेपाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी थिए।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ। लामो वादविवादपछि सत्ता गठबन्धनका दलहरू एमसीसी प्रतिनिधिसभामा टेबुल गर्न तयार भएका हुन्। नेकपा एकीकृत समाजवादीले हिजै एमसीसी टेबल हुन दिनुपर्ने निर्णय गरेको थियो। यद्यपि, पार्टीभित्र यसबारे एकमत भने छैन।

यथास्थितिमा एमसीसी अगाडि बढाउनै नहुने अडानमा रहेको नेकपा माओवादी पनि लचिलो बनेपछि गठबन्धनमा सहमति जुटेको हो। पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने एमसीसीको विपक्षर्म छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। गठबन्धनको बैठक भने बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत