प्रतिनिधिसभाको आइतवार बस्न लागेको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव टेबल हुने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीको तीन नम्बरमा एमसीसीलाई राखिएको छ।
कार्यसूचीमा एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ। तर अर्थमन्त्री शर्मा केही दिनदेखि अस्वस्थ रहेका छन्। शर्मा अस्वस्थ भएपछि यो प्रस्ताव सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गर्ने भएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो निर्णय भएको हो।
अमेरिकी सहायता प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको एमसीसी कम्प्याक्ट संघीय प्रतिनिधिसभामा छलफलका लागि टेबल हुने भएको छ। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकबाट एमसीसी आजकै संसदमा टेबल गर्ने निर्णय भएको हो।
समितिको बैठकमा एमसीसी टेबल गर्नेबारे निर्णय सुनाउँदै सभामुख सापकोटाले भने, ‘नेपाली समाजलाई ध्रुवीकरण रोक्न जनताको सार्वभौम संसदमा लाने भावनालाई सम्मान गरि टेबुल गरौँ।’ सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले राखेको प्रस्तावमा माओवादी केन्द्रले असहमति जनाए पनि संसदमा टेबल हुने भएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ