आइतवार, माघ ६, २०८१

संसदमा एमालेको मौनव्रत तोडियो: भिम रावलको दमदार सम्बोधन


कान्तिपथ


अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा पेस हुँदै छ। बालुवाटार बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसी टेबल गर्ने सहमति जनाए पनि माओवादी केन्द्रले सभामुखसँग भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने असहमति राखेको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ति र रेखा शर्माले असहमति राखेका हुन् । उनीहरुले राष्ट्रिय सहमति कायम नभई टेबल समेत हुन नहुने अडान राखेका छन् । उनीहरुले लिखित असहमति राखेका हुन् ।

माओवादीका प्रमुख सचेतक एमसीसीसम्बन्धी प्रावधान संशोधन नभइ टेबुल गरिने कुरामा उनले आपत्ति जनाएका छन्। सन्धि सम्झौता अघि बढाउँदा संविधानको धारा १७९ मा बाझिएको भन्दै उनले सरकारको यो प्रस्तावमा गम्भीर आपत्ति जनाएका छन्।

एमसीसी गुरुङले सम्झौतामा यसलाई टेबल गर्ने र निर्णय लिने कुरा नभएको भन्दै यसमा सहमति जनाउन नसकिने जनाएका हुन्। दलहरुबीच राष्ट्रिय सहमति नभइ टेबुल गरिएकोमा उनले असहमति जनाएका छन्। सभामुखले रुलिङ गरेपछि पालना गर्न सकिने बताएका उनले तर पार्टीले गम्भीर असहमति जनाइसकेको पनि बताएका छन्।

संसद अवरोध भइरहेको अवस्थामा छलफल चलाउने कुरा चुनौतीपूर्ण रहेको उनले बताए। सदन पहिले खुलाएर मात्रै एमसीसीसम्बन्धी छलफल प्रक्रिया अघि बढाउन सकिने बताएका छन्। यसैबीच प्रमुख प्रतिपक्षी एमालेले संसदमा नाराबाजी गरिरहेको छ। एमालेले अवरोध गरेपनि एमालेका सांसद भिम रावलले एमसीसीको विपक्षमा सम्बोधन गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत