मङ्लबार, जेष्ठ ३, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • एमसीसी विरुद्धको आन्दोलनमा व्यापक दमन: अखिल (क्रान्तिकारी) की अध्यक्ष सिंह घाइते !

एमसीसी विरुद्धको आन्दोलनमा व्यापक दमन: अखिल (क्रान्तिकारी) की अध्यक्ष सिंह घाइते !


कान्तिपथ


सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ ।

प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् ।

उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा दर्जनौँ घाइते भएको बताइएको छ । प्रदर्शन गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसहित साना कम्युनिस्ट घटकहरू पनि रहेका छन् । प्रहरीसँगको झडपको क्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पंचा सिंह घाइते भएकी छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत