सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • यी हुन् नेशनल डिफेन्स कोर्स (एनडीसी)का लागि छानिने सैन्य अधिकारी: को कुन देश जालान?

यी हुन् नेशनल डिफेन्स कोर्स (एनडीसी)का लागि छानिने सैन्य अधिकारी: को कुन देश जालान?


कान्तिपथ


सैनिक मुख्यालय जंगी अड्डाले विभिन्न देशहरुमा सन् २०२२/२०२३ मा संचालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी) वा सो सरहको तालिमका लागि रथी तथा अधिकृतहरुको मर्यादाक्रम अनुसार नतिजा प्रकाशन गरेको छ । नेपाली सेनालाई संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, चीन, भारत, पाकिस्तान, बंगलादेश, केन्या र नाइजेरियाले एनडीसीका लागि कोटा उपलब्ध गराउँदै आएको छ ।

नेपाली सेनाले उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका अगामी वर्षका लागि छनौट गरेको हो । सेनामा उपरथीसहित माथिल्लो तहसम्म बढुवाका लागि नेशनल डिफेन्स कोर्स अनिबार्य छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यालयले २६ माघमा एकजना सहायक रथीसहित १३ जना महासेनानीहरूको छनौट गरेको हो । सैनिक सचिव सहायक रथी गौरबकुमार केसीद्वारा जारी पत्रमा यसअघि २०७६ मा नेशनल डिफेन्स कोर्स वा सो सरहको तालिमको लागि छनौट भई सकेका राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालयमा काजमा रहेका सहायक रथी भोलानाथ थापाका लागि कोटा छुट्याई बाँकी हुन आउने कोटामा अन्यको छनौट हुने उल्लेख छ ।

छनौट हुनेहरूमा सैनिक कल्याणकारी महानिर्देशनालयमा कार्यरत महासेनानी पुरन घले पहिलो नम्बरमा छन् । विपद व्यवस्थापन निर्देशनालयमा रहेका महासेनानी रोज प्रताप जबरा, रणनीतिक अध्ययन तथा योजना निर्देशनालयमा रहेका महासेनानी राजाराम बस्नेत, युद्धकार्य निर्देशनालयमा रहेका महासेनानी सञ्जय देउजा, सैनिक सामग्री प्राप्ती निर्देशनालयमा रहेका महासेनानी श्रवण कुमार विष्ट, सैनिक सचिव विभागमा रहेका महासेनानी गौरब गुरुङ्ग, सैनिक तालिम महानिर्देशनालयमा रहेका महासेनानी रामकाजी थापा, जंगी असवाव खानामा रहेका महासेनानी बालकृष्ण कार्की, सैनिक तालिम महानिर्देशनालयमा रहेका महासेनानी राजेन्द्र श्रेष्ठ, पूर्वी कमाण्ड मुख्यालयमा रहेका महासेनानी प्रकाश बहादुर चन्द, १८ नम्बर बाहिनी अड्डामा रहेका सहायक रथी मधुकरसिंह कार्की, पश्चिम कमाण्ड मुख्यालयमा रहेका महासेनानी सुवास जंग थापा र चरक बाहिनीमा रहेका महासेनानी ध्रुबकुमार कार्की एनडीसी कोर्सका लागि छनोट भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत