भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको छ। बिबिसी हिन्दीका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ।
झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दा थियो। १५ फेब्रुअरीमा अदालतले यादवलाई यो मुद्दामा दोषी ठहर गरेको थियो। २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन्। अहिले उनी जमानतमा रिहा भएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ