शुक्रबार, फाल्गुन २, २०८१

माओवादी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छ: प्रमुख सचेतक


कान्तिपथ


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरूङले यस्तो बताएका हुन्। ‘सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने,‘कुन दिन हट्न भन्ने कुरा हो। यसका विषयमा छिट्टै निर्णय गर्छ।’

बाहिर एउटा र भित्र अर्को भन्ने दोहोरो चरित्र पार्टीको नहुने भन्दै उनले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय भइसकेकाले चाँडै नै यसको निर्णयमा पुगिने बताए।

‘स्वाधिनताको रक्षाका लागि एकै ठाउँमा उभिन्छौं। राष्ट्रहित विपरीतको सम्झौता भएकाले यसको विपक्षमा नै नेकपा माओवादी केन्द्र रहन्छ,’ उनले भने, ‘हामी मत विभाजनमा जाँदा एमसीसीको विपक्षमा नै मतदान गर्छौं।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत