शुक्रबार, फाल्गुन २, २०८१

क्यानाडासँग भिड्दै नेपाल


कान्तिपथ


नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।

केही बेरपछि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुने खेलमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ । नेपाल विजेता बनेमा समूह ए को उपविजेता युएई र उपविजेता बने समूह ए को विजेता अर्थात् टेस्ट टोली आयरल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

सोमबार भएको खेलमा आयरल्यान्ड जमर्नीलाई ७ विकेटले हराउँदै सेमिफाइनमा पुगिसकेको छ। यता, युएईले आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएको थियो।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउँछन्। यता, क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत