एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले गरिरहेको सडक आन्दोलनको आलोचना गरेका छन् । ओलीले आफैँ सरकारमा भएर सडक आन्दोलन गरेको भन्दै आलोचना गरेका हुन् । उनले सरकारले प्रहरीलाई हस्तक्षेप गर्न आदेश नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
“१२ जनाले ढुङ्गा हान्छ, डेढ सय पुलिस लुकेर बस्छ । किन भने लाठी चलाउने उसलाई आदेश छैन । टियर ग्यास, फोहोरा हान्ने आदेश छेन,” उनले भने ।
“मैले बिहान गृहमन्त्रीजीलाई भने– तपाईं पुलिस सडकमा किन पठाउनुहुन्छ ? के आदेश थियो ? ढुंगा र इट्टामात्रै हान्न पाउने आदेश थियो ? सरकारमा बसेर तमासा गर्ने ?,” ओलीले भने ।
उनले अगाडि भने,”शासनवालाहरूले सडकमा ढुङ्गा हान्न मान्छे पठाएका छन् । दु:खले बनाएका बाटा भत्काएका छन्,” उनले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ