शनिबार, कार्तिक २४, २०८१

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा भोट हाल्ने


कान्तिपथ


सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा निर्णयार्थ प्रस्तुत हुँदा अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसीबारे निर्णय लिँदा विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए।

‘एमसीसीलाई संसदमा निर्णयार्थ प्रस्तुत गरिँदा हाम्रा सांसदहरुले विपक्षमा मतदान गर्ने निर्णय भएको छ’, खतिवडाले नेपालखबरसँग भने, ‘यसअघि पनि हामीले संशोधन नभएको अवस्थामा पास गर्न नदिने बताइसकेका छौँ।’

खतिवडाले आफ्नो पार्टीका सबै २३ सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत