बिहिबार, मंसिर २१, २०८०

‘फल्स बटम’ बनाएर एक किलो सुन ल्याउने २ जना समातिए


कान्तिपथ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद टोफिक्यु उल्लाह र भारतीय नागरिक पारसनाथ साह छन्।

सोमबार दुबईबाट हिमालय एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मदलाई ९३६ ग्राम सुनसहित पक्राउ गरिएको हो।

विमानस्थल प्रहरीका प्रमुख एसएसपी भीम ढकालका अनुसार मोहम्मदले ‘मेटल डिटेक्टर’ मेसिनले समेत पत्ता लगाउन नसक्ने बनाएर अर्धठोस आकारमा कम्मरमा ‘फल्स बटम’ बनाएर सुन ल्याएका थिए।

शंकास्पद हाउभाउ गरेपछि जाँच गर्दा उनको कम्मरबाट सुन बरामद भएको थियो। त्यसपछि उनीमाथि सोधपुछ गर्ने क्रममा उक्त सुन भारतीय नागरिक पारसनाथको रहेको पत्ता लागेको थियो। उनलाई पनि पक्राउ गरिएको एसएसपी ढकालले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई सुनसहित कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत