शनिबार, अशोज १९, २०८१

प्रचण्ड र वैद्य खुमलटारमा: देउवा र ओली बालुवाटारमा


कान्तिपथ


प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार साँझ ओली देउवालाई भेट्न बालुवाटार पुगेको प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयलाई लिएर ओली बालुवाटार पुगेका हुन् ।

‘प्रधानमन्त्रीसँग सम्वादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छ’, उनले भने, ‘त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।’

आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए ।

स्रोतकाअनुसार भेटमा वैद्यले प्रचण्डसँग अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल गरेका थिए । संशोधनबिना एमसीसी टेबल कसरी भयो भन्ने जिज्ञासा वैद्यको थियो । एमसीसी राष्ट्रघाती भएको भन्दै वैद्यले त्यसलाई संसदमा विफल पार्न लागि पर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

वैद्यको पार्टी एमसीसी खारेज गनुपर्ने पक्षमा छ । माओवादी युद्धका बेला सँगै रहेका प्रचण्ड र वैद्य शान्ति प्रक्रियापछि अलग भएका थिए । एमसीसीका कारण माओवादी केन्द्र सरकारबाट बाहिरिए पूर्वमाओवादी घटकहरूबीच एकता हुनसक्ने ठानिएको छ । सबै माओवादी घटक एमसीसीविरुद्धको आन्दोलनमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत