बुधबार, अशोज १०, २०८०

एमसीसी चर्किएका बेला १० राजदुत किन लैनचौरमा भेला भए ?


कान्तिपथ


नेपालको राजनीति एमसीसीले तरंगित बनिरहेका बेला १० कुटनीतिक नियोगका व्यक्तिहरु एकै ठाउँ भेटेपछि काठमाडौँको राजनीतिक माहोल झन् तात्तिएको छ । जमघटको नेतृत्व भने बेलायती राजदूतावासले गरेको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबुल भएको र भोलिको संसद बैठकबाट अघि बढाउने घनिभूत तयारी भइरहँदा आयोजित पश्चिमा कूटनीतिज्ञहरुको भेलालाई अर्थपूर्ण मानिएको छ । भेलामा सहभागी अमेरिकी राजदूत र्याण्डी बेरीले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।

छलफलमा बेरीबाहेक, युरोपियन युनियनकी राजदूत नोना डेप्रज, स्विटजरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्याप्लर, नर्वेजियन राजदूत टोरुन ड्रम्डल, अष्ट्रेलियन राजदूत पीटर बड, संयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्ती,जर्मन दूतावासका डिसिएमलगायत १० वटा कूटनीतिक निकायको प्रतिनिधित्व रहेको बताइन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत