सोमवार, माघ २८, २०८१

भेट्न गएका गृहमन्त्रीलाई ओलीको प्रस्ताव, ‘सभामुखलाई हटाऊ’ !


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बालकोटमा भेटवार्ता भएको छ। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार राति बालुवाटारमा वार्ता गरेपछि बाँकी कुरा मिलाउन भन्दै खाँण बालकोट पुगेका हुन्।

उनले त्यहाँ ओलीसँग करिब आधा घण्टा लामो छलफल गर्दै यही बिहीबारको संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन सहयोग मागेका थिए। गृहमन्त्री खाँण तत्कालीन अवस्थामा ओली सरकारले नै संसदमा दर्ता गराएको एमसीसी कांग्रेस र एमाले मिलेर पास गर्नुपर्ने कुरा बालकोटमा राखेका थिए।

तर, उक्त भेटमा मंगलबार राति बालकोटको जस्तै अध्यक्ष ओलीले पुरानै अडान दोहोर्‍याएका छन्। अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजागाईँका अनुसार आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने अडान प्रस्तुत गरिएको थियो।

ओलीले एकै संविधान र एकै संसदमा एमालेमाथि अन्याय भएको बताउँदै आफ्नो पार्टीले गरेको कारबाहीको टुंगो लगाउने अवस्था भएमा सहकार्य हुन सक्ने बताएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत