बुधबार, बैशाख १९, २०८१

पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको छ : प्रचण्ड


कान्तिपथ


नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले फेरि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको उल्लेख गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको र पुरानै सत्ता उल्ट्याउन खोजिएको उनको भनाइ छ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ,’ प्रचण्डले भनेका छन्, ‘उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत