बुधबार, अशोज १०, २०८०

२० हजार अमेरिकी डलरसहित एक भारतीय समातिए


कान्तिपथ


२० हजारभन्दा बढी अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले भारतीय नागरिक ४५ वर्षीय शतिस प्रशोतम सजनानीलाई मंगलबार पक्राउ गरेको हो। उनलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

मंगलबार साढे २ बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो। उनको बोकेको झोलाबाट प्रहरीले २० हजार १५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ, इंग्ल्याण्ड पाउण्ड ५, जर्जिया लारी ५०, भारु १ सय, युएई दिराम १ हजार ३५५ बरामद भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत