आइतवार, माघ ६, २०८१

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा पुनः चन्द


कान्तिपथ


निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मतरूपमा चयन हुनुभएको छ । मङ्गलबार सम्पन्न १७औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमलसिंह बोहरा, द्वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर र कोषाध्यक्षमा श्यामबहादुर चन्द चयन हुनुभएको छ । समितिको कार्यकाल तीन वर्षको हुने नवनिर्वाचित महासचिव विकास चन्दले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत