आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • Uncategorized
  • एकिकृत समाजवादीले भन्यो, ‘प्रधानमन्त्रीलाई ओलीसंग मिल्ने मन भए स्वतन्त्र हुनुहुन्छ’

एकिकृत समाजवादीले भन्यो, ‘प्रधानमन्त्रीलाई ओलीसंग मिल्ने मन भए स्वतन्त्र हुनुहुन्छ’


कान्तिपथ


काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् ।अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् ।
बुधबार कान्तिपथ संग कुरा गर्दै खनालले भन्नुभयो, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ ।हामी हाम्रो बाटो हिँड्छौँ । आ-आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । त्यसले केही फरक पार्नेवाला छैन ।’

नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गरे । ‘त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन । हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत