सोमवार, माघ ७, २०८१

महिला क्रिकेट प्रतियोगितामा एपिएफको जित

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो ।सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

एपीएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान दिइन् । त्यसैगरी ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाए ।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रन जोडे ।

एपिएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् भने करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई तथा राजमती ऐरीले १ विकेट हात पारिन् ।


कान्तिपथ

गणेश विक, सुरक्षा/अपराध बिटमा समाचार लेख्छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत