अव्यवस्थित बसोबास र प्रदूषणका कारण देशका अधिकांश शहर अस्तव्यस्त बन्दै गएका छन् । त्यसमाथि विभिन्न उद्योगबाट निस्कने धुवा र धुलोले शहरको सौन्दर्यलाई पनि बिगारिरहेका छन् । शहरलाई सुन्दर बनाउने संकल्प जनप्रतिनिधिहरुले लिए पनि पूरा गरेको पाइदैन । यही बीचमा काभ्रेको नमोवुद्धलाई भने प्रदूषणरहित हरित शहर बनाउने खाका तयार पार्न थालिएको छ ।
काभ्रेको नमोवुद्ध नगरपालिकाको मुख्य केन्द्र भकुण्डेवेंसी फााटको दृश्य हो यो । गहुा, जौजस्ता हिउादे बालीले हरियाली बनाएको यस्तो दृश्य यहाँका बासिन्दाले धेरै वर्षपछि मात्र देख्न पाएका हुन् । साढे दुई वर्षअघिसम्म यहााको आकाशमा इाटाभट्टाबाट निस्केको धुवाा मडारिएको मात्र देख्न सकिन्थ्यो । तर २०७६ साल भदौमा नगरपालिकाले यहाँबाट इँटाभट्टा हटाउने निर्णय गरी डोजर नै लगाएर चिम्नी भत्कायो । सुरुमा त यो कदमको धेरैले विरोध गरे । तर, इाटाभट्टा हटाइएको ठाउामा व्यवस्थित शहर बसाउने योजना नगरपालिकाले सार्वजनिक गरेपछि स्थानीय उत्साहित बनेका छन् ।
यो स्थानमा ग्रामीण परिवेश झल्कने खालको काठै काठले बनेका घरहरुको शहर बसाल्ने नगरपालिकाको योजना छ । जसलाई सपनाको शहर नाम दिइएको छ ।यो कामका लागि काठमाडौं विश्वविद्यालयका प्राध्यापकसहित आर्किटेक्ट इन्जिनियरहरुको टिमले अनुसन्धान गरी नगरपालिकासँग हातेमालो गर्ने प्रतिवद्धता जनाइसकेको छ । नमोबुद्धका जनप्रतिनिधिहरुको योजना कागजमा मात्र सीमित रहेन भने अबको केही वर्षमा भकुण्डेवेंसीको यो फाँट यस्तो आकर्षक शहरमा परिणत हुने छ ।