नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकारी मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको राप्रपा धादिङ्गका अध्यक्ष ध्रुव खनालले बताए ।
खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित नीलकण्ठ गाउँपालिकाबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ ।
बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो । उपाध्यक्षमा चयन भएकी तामाङ्गका श्रीमान् कुलमान घिसिङ्ग पटक पटक नेकपा (माओवादी केन्द्र) बाट नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति खादै आएका छन् । राप्रपाका प्रभावशाली नेता बुद्धिमान तामाङ्ग घिसिङ्गका ससुरा हुन् ।