सोमवार, माघ ७, २०८१

एमसीसी संसदमा: अर्थमन्त्री पर्वतमा


कान्तिपथ


गत आइतबार पनि अमेरिकी सहायता सम्झौता एमसीसी प्रस्ताव टेलब गर्ने दिन ‘बिरामी’ परेका कारण संसद् बैठकमा अनुपस्थित अर्थमन्त्री जनार्दन शर्मा आज उक्त सम्झौताबारे छलफल सुरु हुने दिन पनि नहुने भएका छन्।

उनी अनुपस्थित भएका कारण प्रतिनिधि सभाको बैठकमा आउन नसकेपछि उनको साटो सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पेस गरेका थिए।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा पनि ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयले बुधबारै सार्वजनिक गरेको दैनिक कार्यसूचीमा यो दोस्रो नम्बरमा राखिएको छ।

पर्वत उधोग वाणिज्य संघको आज हुने साधरणसभामा सहभागी हुने क्रममा उनी हिजो कुश्मा पुगेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत