सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • बलात्कार आरोपित पूर्णविक्रम (पल) शाह फरार: हुलियासहित देशभर सर्कुलर !

बलात्कार आरोपित पूर्णविक्रम (पल) शाह फरार: हुलियासहित देशभर सर्कुलर !


कान्तिपथ


एउटी नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्। जाहेरी दर्ता भएलगत्तै पक्राउ गर्न खोजेकाे तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जनाएको छ।

हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए। स्राेतका अनुसार रिलिजको तयारीमा रहेको फिल्म ‘म यस्ताे गीत गाउँछु–२’ को प्रोमोसनमा उनी सहभागी भएका थिए।

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन्। उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ। उनको स्थायी ठेगाना दाङ्ग हो भने असली नाम पूर्णविक्रम शाह ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत