बुधबार, अशोज १०, २०८०

सबै सांसदलाई आईफ़ोन १३ उपहार


कान्तिपथ


भारतको राजस्थान सरकारले आफ्नो प्रान्तका सबै सांसद(विधायक)लाई आइफोन १३ उपहार दिएको छ । बुधबारको विधानसभा बैठकमा पेश भएको बजेटमा सबै विधायकलाई आइफोन १३ उपहार दिइएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार गत वर्ष पनि विधायकहरूलाई आइपेड दिइएको थियो । बजेट पेश भएपछि विधायकलाई बझेट कपी ब्रिफकेशसँगै आइफोन १३ सँगै स्मार्ट ब्रिफकेश दिइएको थियो ।

विधायकहरूलाई दिएको आइफोनको मूल्य एक लाख भारतीय रुपैयाँ बराबर रहेको समाचारमा उल्लेख छ । केही भारतीय जनता पार्टीका विधायकहरूले भने आइफोन नलिने घोषणा गरेको छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत