बुधबार, माघ २, २०८१

एमसीसी पास गर्न देउवाले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्विकार


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा उभिन गरेको आग्रह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् । आफूसँग छलफलका लागि बालुवाटार आएका प्रचण्डलाई देउवाले सत्ताधारी दलको हैसियतले माओवादीले सदनमा अनुमोदनका लागि पेस भएको एमसीसीको पक्षमा उभिनुपर्ने बताएका थिए ।

तर प्रचण्डले पार्टीको निर्णयअनुसार आफू एमसीसीको पक्षमा उभिन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका हुन् । बालुवाटार पुग्नुअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए।

सिंहदरबारमा भएको छलफलमा दाहाल, नेपाल र खनालबीच एमसीसीको विपक्षमा मतदान गर्ने सहमति भएको थियो । उक्त सन्देश बोकेर प्रचण्ड बालुवाटार छिरेका थिए । एमसीसीकाे विपक्षमा उभिने हाे भने सरकारबाट बाहिरिन माओवादी र नेकपा एसलाई कांग्रेसले दबाब दिइरहेकाे छ ।

बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण प्रचण्डको निवासमा पुगेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । काँग्रेसले एमसीसी पास गर्ने रणनीति अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद अगाडि बढाएपछि प्रचण्ड झस्किएको अवस्था छ । गठबन्धन कायम राखेर एमसीसीको निकास खोज्न सत्तारुढ दलका नेताहरू लागिपरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत