शुक्रबार, अशोज १२, २०८०

एट्लेटिको र म्यानचेस्टरको बराबरी


कान्तिपथ


युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा  एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो ।

सातौं मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले  अग्रता लियो ।  खेलको ८० औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ । राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत