शनिबार, माघ ५, २०८१

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन


कान्तिपथ


वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ३५ करोड ३३ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले रु २५ करोड ५५ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो । महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न सङ्घ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड ५० लाख ९३ हजार र घर बहाल कर शीर्षकमा रु चार करोड १४ लाख राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड २१ हजार तथा घर बहाल कर शीर्षकमा रु तीन करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो । कोरोना सङ्क्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर सङ्कलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत