बिहिबार, मंसिर १४, २०८०

युक्रेनको आक्रमणमा रुसका ५० सैनिक मारिए, ६ वटा जहाज खसालिदियो


कान्तिपथ


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै रुसी सेनाले युक्रेनमा आक्रमण गरिरहेको छ । यही बीच युक्रेनको सेनाले निकै ठूलो दावी गरेको छ । युक्रेनी सेनाले गरेको दावीअनुसार युक्रेनको चास्त्या सहर युक्रेनी सेनाकै नियन्त्रणमा छ ।

युक्रेनी सेनाको दावीअनुसार उनीहरुले रुसमा ५० सैनिक मारिदिएका छन् । यसबाहेक छैटौं विमान पनि खसालिदिएका छन् । यसअघि ५ वटा विमान र एउटा हेलिकप्टर खसालिदिएको दावी गरिएको थियो ।

यसैबीच राजधानी किभमा भागाभाग मच्चिएको छ । राजधानी किभ छाड्न चाहने मानिसहरुका कारण सडकमा भारी जाम भएको छ । युक्रेनको केन्द्रीय बैंकका गभर्नरले बैंकबाट पैसा निकाल्न पाउने सीमा निर्धारण गरिने बताएका छन् । यससँगै अब आफ्नो खाताबाट १ दिनमा १ लाख रिभ्निया मात्र निकाल्न पाइनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत