शुक्रबार, जेष्ठ ६, २०७९

यूरोप युद्धको संघारमा


कान्तिपथ


एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेसँगै युद्ध सुरु भएको छ । रुसी विमानहरुले युक्रेनको मुख्य सहरहरुमा आक्रमण गरेका छन् । पूर्वी युक्रेनमा रुसका स्थल र हवाई सैनिकहरु छिरेको दृश्यहरु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले देखाइरहेका छन् ।रुसको कदमविरुद्ध अमेरिकाले कडा आपत्ती जनाएको छ । उसले यसअघि नै युक्रेनसँग सीमा जोडिएका देशहरुमा सैनिक पठाइसकेको छ ।

यूरोपेली युनीयनकी प्रमुख उरसुवा भोत डिर लियन रुसमाथि आर्थिक प्रतिबन्धको आव्हान गरेकी छिन् । युरोपेली युनीयन सम्वद्ध देशहरुमा भएका रुसी धन फ्रिज गर्ने समेत जनाएकी छिन् । बेलायतले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले यूरोपलाई युद्धमा धकेल्न लागेको आरोप लगाइसकेका छन् । उनले सन् १९४५ पछिको ठूलो युद्धमा यूरोपलाई धकेल्न लागेको आरोप बीबीसीसँगको अन्तवार्ताका क्रममा रुसमाथि लगाएका हुन् ।जोन्सनले भनेजस्तै रुसविरुद्ध कदम चाल्न अमेरिका नेतृत्वको नाटोसम्वद्ध पश्चिमा देशहरुको आकस्मिक बैठक डाकिएको छ । उक्त बैठकले कठोर निर्णय लिने चर्चा छ । त्यस्तो अवस्थामा पश्चिमा देशहरु रुसविरुद्ध युद्धमा होमिनसक्छन् । त्यतिबेला यूरोपमा ठूलो रक्तपातको खतरा रहन्छ ।

रुसी सैनिक छिरेपछि युक्रेनका कतिपय सर्वसाधारण छिमेकी देशहरुतर्फ बढेका छन् । यसले ठूलो मानवीय संकट ल्याउन सक्छ । युक्रेनका प्रमुख सहरहरुमा दैनिक उपभोग्य सामाग्री खरिद गर्नेको भीड लाग्न थालेको छ ।रुसले चालेको कदमले विश्वको अर्थतन्त्रमा प्रभाव पर्न थालिसकेको छ । कच्चा तेलको मूल्यवृद्धि भएको छ । सुनको पनि मूल्य वृद्धि भएको छ । ग्याँसको मूल्य वृद्धिले यूरोपमा ठूलो संकट आउने खतरा बढेको छ ।युक्रेनमाथि रुसी हमलापछि पुटिनले अमेरिकासहित पश्चिमा देशहरुलाई चेतावनी समेत दिएका छन् । युक्रेनमाथि चालेको कदमविरुद्ध सैन्य तहमा उत्रिएमा गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिएका हुन् । यसले ठूलो संकट आउन सक्ने देखिएको छ । रुसको कदमविरुद्ध अमेरिकासहित नाटो देशहरु सैन्य तहमा उत्रिएमा यूरोप युद्धमा भाँसिनसक्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत