आइतवार, माघ ६, २०८१

पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : जीवनराम श्रेष्ठ


कान्तिपथ


१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताए ।

‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भने । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय भएकाले सांसदहरुले राम्रो बातावरणमा बोल्न पाउने बातावरण बनाउनुपर्ने बताए ।

अवरोधका बीचमा राष्ट्रिय महत्वको विषयमा माननीयज्यूहरुले कुरा राख्न उपयुक्त हुँदैन’ श्रेष्ठले भने, ‘राम्रो बातावरणमा बोल्न पाउनुपर्छ ।’ त्यसका लागि संसदको अवरोध हट्नुपर्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्री, सभामुख र शीर्ष नेताहरुले संसद सञ्चालनको बातावरण बनाउनुपर्ने पनि श्रेष्ठले बताए । सडकमा समेत प्रदर्शन भइरहेकाले एमसीसीबारे गहन छलफलको अवसर आवश्यक रहेको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत